• Monday 5th of October 2026

मेस्सी बिनाको मियामी यूएस ओपन कपको फाइनलमा पराजित


  • धनकुटा खबर
  • .

मियामी । घाइते स्टार खेलाडी लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिएको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा पराजित भएको छ । हाउस्टन डाइनामोले मियामीलाई २–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमायो ।

जिफिन डोरसेले खेलको २४ औँ मिनेटमा गोल गर्दै हाउस्टनलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा एमिने बस्सीले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा जोसेफ मार्टिनेजले मियामीका लागि एक गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन् ।

खुट्टामा चोटका कारण मेस्सी खेलमा सहभागी भएनन् । उनले क्लब र देशका लागि पछिल्ला ४ खेल गुमाइसकेका छन् । मेस्सी कहिले मैदानमा फर्किने छन् भन्ने अझै यकिन भइसकेको छैन ।

गत सेप्टेम्बर २० मा टोरोन्टोविरुद्धको खेलमा खुट्टामा समस्या देखिएपछि सात पटकको बालोन डि’ओर विजेताले पहिलो हाफमा मैदान छाडेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖