• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रियंका गान्धी भारतको लोकसभा सदस्य निर्वाचित


  • धनकुटा खबर
  • .

भारतको केरल राज्यको वायनाड लोकसभामा कंग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी निर्वाचित भएकी छन्।

शनिबार सम्पन्न मतगणना अनुसार गान्धी ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै वायनाडबाट निर्वाचित भएकी हुन्। साथै गान्धी परिवारबाट संसद प्रवेश गर्ने तेस्रो व्यक्ति बनेकी छन्।

गान्धीले निकटतम प्रतिद्वन्द्वी सिपिआईका सथ्यन मोकेरीले २ लाख ११ हजार ४०७ मत ल्याए भने भारतीय जनता पार्टीकी नाभ्या हरिदासले १ लाख ९ हजार ९३९ मत मात्रै ल्याइन्।

प्रियंकाले वायनाडबाट लोकसभा चुनाव जित्दै गर्दा आफ्ना दाजु राहुल गान्धीको रेकर्ड तोडेकी छन्।

गत असारमा भएको लोकसभा चुनावमा राहुलले वायनाडमा ३ लाख ६४ हजार ४२२ मतान्तर राखेका थिए।

प्रियंका ४ लाख १० हजार ९३१ मतान्तरले विजयी भएकी हुन्। भाजपा उम्मेदवारसँगको मतान्तर ५ लाख १२ हजार ३९९ छ।

अघिल्लो चुनावमा उत्तर प्रदेको रायबरेली र वायनाड दुवै सिटमा निर्वाचित भएपछि राहुलले वायनाड छाडेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖