• Tuesday 6th of October 2026

विप्लवका छोराले गरे विवाह, बुवाले हात मिलाएर दिए बधाई


  • धनकुटा खबर
  • .

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् ।

पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा. मान्यता सीसँग विवाह गरेका हुन् ।

नेकपाले पार्टीका सबै नेता/कार्यकर्ताको नामपछाडि सी लेख्ने चलन चलाएको छ ।

खादामाला र टीका लगाएर गरिएको प्रगतिशील विवाहमा नवविवाहित जोडीलाई विप्लवले हात मिलाएर बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाश चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूको नेतृत्व गर्दै चितवन मेडिकल कलेजमा भएको आन्दोलनबाट चर्चामा आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖