• Tuesday 6th of October 2026

विनोद चौधरीको भारतमा रहेका कम्पनीमा छापा


  • धनकुटा खबर
  • .

वीरगञ्ज । उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेका हुन् ।

विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖