• Wednesday 7th of October 2026

नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।

विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए ।

विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।

उनीहरू सबैजना नेपाल आउन बाँकी छ । प्रशिक्षक केभिन ओ ब्रायन भने नेपाल आइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖