• Tuesday 6th of October 2026

एसीसी यु १९ एसिया कप : बंगलादेशले टस जितेर फिल्डिङ रोज्यो


  • धनकुटा खबर
  • .

काठमाडौं- एसीसी यु १९ एसिया कपमा नेपालले बंगलादेशको सामना गरिरहेको छ । यूएईमा जारी खेलमा बंगलादेशले टस जितेको छ । टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको छ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। उपकप्तानमा अर्जुन कुमाल रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖