• Tuesday 6th of October 2026

धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा दिने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं ।कोशी प्रदेश सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने र सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖