• Tuesday 6th of October 2026

स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं – स्पेनिस ला लिगाको खेल अन्तर्गत आइतबार राति रियल म्याड्रिडले २-० को जित निकालेको छ।

उसले गेताफे फुटबल टिमलाई पराजित गर्दै सहज जित निकालेको हो। ला लिगाको साबिक विजेता रियलले गेताफेमाथि जित निकाल्दा सुरुवाती गोल जुड बेलिङ्घमले गरेका थिए।

उनले खेलको ३० मिनेटमा पेनाल्टीमार्फत् रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल १-० को नतिजा चलिरहँदा दोस्रो गोल किलियन एम्बाप्पेले गरेका थिए।

एम्बाप्पेले गेताफेविरूद्ध खेलको ३८ मिनेटमा गोल गरे। दोस्रो हाफमा रियल र गेताफेबीच कुनै गोल भएको थिएन।

ला लिगाको १४औं खेल चलिरहँदा रियलले ३३ अंक हासिल गरेको छ। पराजित गेताफे १५ खेल खेल्दा १३ अंकसहित १७ स्थानमा छ।

१५ खेल खेलेको बार्सिलोनाको ३४ अंक छ। रियलले १५ खेल खेल्दा निस्किने नतिजाले बार्सिलोनाको अंकतालिकामा चुनौती हुने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖