• Tuesday 6th of October 2026

एमाले बागमती अधिवेशन- सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनमा निर्वाचन सुरू हुन सकेको छैन।

सहमतिबाटै अध्यक्षलगायत चयन गर्न भन्दै निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।

अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसकेका छन्।
एमालेले तेस्रो पटक निर्वाचन कार्यतालिका संशोधन गरेको हो।

नेता शेरबहादुर तामाङले दिएको जानकारीअनुसार आज बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ। ‘यो अवधिमा सहमतिको प्रयास गरिनेछ,’ उनले भने।

यस्तै उम्मेदवारी अन्तिम नामावली प्रकाशन बिहीबार बेलुकी ९ बजे हुनेछ।
मतदान भने शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖