काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले पावर प्लेमा तीन विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका हसन इसाखिल, विपिन खत्री र लुक बेन्केनस्टाइन आउट भएका हुन् ।
पोखराका लागि दीपक बोहरा दुई र बास डे लीडेले एक विकेट लिए ।
पावर प्ले सकिँदा चितवनले ३ विकेट गुमाएर ५० रन बनाएको छ ।
टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
