• Sunday 4th of October 2026

सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्यो ‘गदर २’


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले नयाँ रेकर्ड राखेको छ।

‘गदर २’ ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५२४ करोड ७५ लाख भारू कमाएको छ। योसँगै ‘गदर २’ ले शाहरूख खानको फिल्म ‘पठान’ को रेकर्ड तोडेको छ।

हालसम्म सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड ‘पठान’ को नाममा थियो। बुधबार २ करोड ७५ लाख भारू कमाउँदै ‘गदर २’ ले शाहरूख खानको फिल्म ‘पठान’ को रेकर्ड तोडेको हो। ‘पठान’ ले ५२४ करोड ५३ लाख भारू कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖