काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुदैँछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।
जनकपुर बोल्टससँग ८ बिकेटले र काठमाडौं गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाइ यो खेल जीत्नै पर्ने दबाब रहेको छ भने पोखरालाइ ७२ रनले हराएर आएको चितवन राइनोजलाइ दोस्रो खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौंसँग ३ बिकेटमा पराजित हुन बिबश भएको थियो ।
आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल भुर्तेलले गर्दैछन् भने कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन् ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।
