काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्ल २३ रनमा आउट भएका छन् ।
मल्ललाई कर्णालीका जिशान मक्सुदले आउट गरेका हुन् । मक्सुदको यो दोस्रो विकेट हो ।
यसअघि, चितवनका लागि विपिन रावलले ११, दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।
कर्णालीका लागि नन्दन यादव र सोमपाल कामी १–१ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर कर्णालीले पहिले बलिङ रोजेको हो ।
