• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

मानवअधिकार आयोगका प्रतिनिधिसँग लामिछानेको आग्रह,‘चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएका हर्कत छानविन होस्’


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

आज (शु्क्रबार) मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन् ।

आयोगका प्रतिनिधिहरुसँग रास्वपा सभापति लामिछानेले आफूलाई अमानवीय व्यवहार गरिएको बताए । उनले आफूलाई मध्यरातमा जबरजस्ती चितवनबाट पोखरा ल्याइएको बताए । उनल चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएको हर्कतबारे सत्यतथ्य छानविनका लागि मानव अधिकार आयोगको टोलीको ध्यानाकार्षण गराए ।

साथै, आफूलाई जबरजस्ती उठाएर पोखरा ल्याउने टोलीमा संलग्न एक प्रहरीले मादक पदार्थ सेवन गरेको पाइएको पनि लामिछानेको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖