• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई मध्यरातमा चितवनबाट कास्की लगिएकोमा भीमार्जुनले उठाए प्रश्न, विधिको शासन लज्जित पारियो


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गर्ने काम गरिएको भन्दै विरोध गरेका छन् ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानको लागि चितवनमा राखिएको बेला सो जिल्लाबाट कास्की मध्यरातमा लगिएको घट्नाबारे संविधानविद् आचार्यको यस्तो टिप्पणी आएको हो ।

आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्राउ गर्ने, बयान लिने र ओसारपसार गर्ने सबै काम कानूनतः बर्जित रहेको स्मरण गराएका छन् । उनले रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तरण गरिएको कार्यले विधिको शासनलाई पूनः लज्जित तुल्याएको बताएका छन् ।

आचार्यले सञ्जालमा लेखेका छन्–

शाही आयोगले मध्यरातमा देउवालाई गिरफ्तार गरेको बिरूद्द ०६२जेठ १ गते नेपालमा मेरो लेख प्रकाशित थियो।अपवाद बाहेक नागरिकलाई मध्यरातमा पक्रने,बयान लिने,ओसारपसार गर्ने सबै काम कानूनतस् बर्जित छ।रवि लामिछानेलाई मध्यरातमा ठाउॅं स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुन लज्जित पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖