• Monday 5th of October 2026

भारतको विश्वकप टोलीमा एक परिवर्तन


  • धनकुटा खबर
  • .

एजेन्सी – घरेलु टोली भारतले अर्को सातादेखी सुरु हुने एकदिवसीय विश्वकपमा टोलीमा एक परिवर्तन गरेको छ । बायाँ हाते स्पिन अलराउन्डर अक्षर पटेल घाइते भएपछि उनको स्थानमा अनुभवी स्पिनर रविचन्द्रन आश्विनलाई टोलीमा समेटेको छ ।

३७ वर्षीय आश्विनले भारतबाट १ सय १५ ओडिआई खेल खेल्दा १ सय ५५ विकेट लिएका छन् । भारतसँग स्पिनमा कुलदीप यादवसँगै रविन्द्र जडेजा र आश्विन अलराउन्डरको रुपमा खेल्नेछन् । भारतले शनिबार इंग्ल्यान्ड र मंगलबार नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ ।

भारतले ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । भारत उपाधिको प्रमुख दाबेदार टोली हो । घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै भारत उपाधि जित्न चाहन्छ ।

भारतको ब्याटिङ लाइनअप उत्कृष्ट छ । रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लाकेश राहुल, हार्दिक पान्ड्या र श्रेयस ऐर जस्ता खेलाडी टोलीमा हुँदा ब्याटिङ मजबुत देखिन्छ ।

भारतको विश्वकप टोली

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖