• Tuesday 6th of October 2026

विराटनगरविरूद्ध ५ रनमै आउट भए शिखर धवन, प्रतिशले गरे बोल्डआउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन ५ रनमा आउट भएका छन्।

विराटनगर किंग्सविरूद्धको खेलमा धवन ५ रनमा आउट भएका हुन् । उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरे।

त्यसअघि उनले १ चौका प्रहार गरेका थिए। यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए।

उनले काठमाडौं गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए।

कम्तिमा चार खेल खेल्न कर्णालीसँग सम्झौता गरेका भारतीय राष्ट्रिय टोलीका पूर्व ओपनर धनवले चार खेलमा १३६ रन जोड्न सके।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖