• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात, दिल्ली रेफर गरियो


  • धनकुटा खबर
  • .

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ ।

मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात Stroke (cerebellum infraction) को समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए ।

यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖