• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गगन आफ्नै बोलीले आफैं सिध्धिन्छन्: देउवा


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा आफ्नै बोलिका कारण सिध्धिने जिकिर गरेका छन् । कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने ‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएकै छ, तर म एउटा कुरा भन्छु,’ , ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ । कम बोल्नेले अरुलाई सिध्याउँछ ।’ देउवाभन्दा अघि बोलेको गगनले आफ्नो सभापतिले थोरै बोल्ने गरेको भन्दै व्याङ्ग्या गरेका थिए ।

शनिबार दिउँसो विराटनगरमाकोशी प्रदेश सम्मेलन सम्मेलन भएको थियो । महामन्त्री गगन कुमार थापा पनिसम्मेलमा सहभागी थिए । शेखर अुनपस्थित सम्मेलनमा गगनले सम्बोधन गरेका थिए ।

सम्बोधनकै क्रममा गगनले पार्टी सभापति ‘कम बोल्ने’ टिप्पणी गरेपछि गगनको उक्त टिप्पणीको जवाफ केहीबेरपछि सम्बोधनका क्रममा सभापति देउवाले दिएका थिए ।

देउवाले भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ । कम बोल्नेले अरुलाई सिध्याउँछ ।’

मञ्चतिर हेर्दै देउवाले यसो भनिरहँदा केहीबेर सम्मेलन आयोजना भएको हलमा हाँसो गुञ्जियो । त्यसपछि देउवाले भने, ‘मैले ठट्टा मात्रै गरेको प्रतिक्रिया दिएका थिए ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖