काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार) लुम्बिनीविरुद्धकाे जारी खेलमा जनकपुर बोल्ड्सले पहिलो विकेट गुमाएको छ ।
जनकपुरका आसिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका छन् ।
लुम्बिनी लायन्सका लागि क्यानडाका बलर साद बिन जफरले पहिलो विकेट लिएका हुन् ।
५.३ ओभरमा ४८ रन बनाएको अवस्थामा जनकपुरले पहिलो विकेट गुमाएको हो ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि जारी छ ।
