• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविनाविरुद्ध पक्राउ पूर्जी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदलालतबाट सविनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖