• Tuesday 6th of October 2026

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पावर प्लेमा बनायो ३५ रन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पावर प्लेमा रन बनाएको छ ।

चितवन राइनोजले पहिलो ६ ओभरमा १ विकेटको क्षतिमा ३५ रन बनाएको हो ।

अहिले चितवनका लागि विपिन रावल र हसन इसाखिलले ब्याटिङ गरिरहेका छन् ।

चितवनका लागि सन्तोष कार्कीले ९ रन बनाए । उनलाई सुदूरपश्चिमका ब्राण्डन म्याकमुलनले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवन राइनोजले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖