काठमाडौ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएकाे छ ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले प्रसाईंलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
फेक डकुमेन्टको सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । साेही दिन ब्युराेले प्रसाईंलाई साइबर ब्युराेमा बुझाएकाे थियाे । मंसिर ५ गते प्रसाईंलाई पहिलाेपटक अदालत पेस गरिएकाे थियाे ।
त्यस यता म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेकाे छ । उनीमाथि कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
