• Tuesday 6th of October 2026

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ‘ब्रेक’, चितवनसँग ३३ रनले पराजित


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । चौथो खेलमा तेस्रो जितसहित चितवनले सदूरपश्चिमसँग अंक बरबारी गरेको छ । समान ६ अंक भएपनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा कायम छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो । सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो। उसका लागि हसन इशाखिलले ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ६५ रन बनाए ।

रवि बोपारा ३६ रनमा क्याच आउट भए । मात्र १८ बलमा समान २(२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।

सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖