• Tuesday 6th of October 2026

इंग्लिस प्रिमियर लिगमा टोटनहमविरुद्ध चेल्सी ४-३ गोल अन्तरले विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । कोल पाल्मरले पेनाल्टीमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमविरुद्ध ४-३ गोल अन्तरको प्रभावशाली जित हात पारेको छ । टोटनहले सुरुवाती ११ मिनेटमा बनाएको २ गोलको अग्रता जोगाउन नसक्दा हारको सानमा गर्नु पर्‍यो । जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

डोमिनिक सोलाङ्कले पाचौँ र डेजान कुलुसेभस्कीले ११औँ मिनेटमा गोल गरेपछि टोटनहले दुई-शून्यको अग्रता लिएको थियो । जाडोन सान्चोले १७औँ मिनेटमान चेल्सीका लागि पहिलो गोल फर्काए । कोल पाल्मरले ६१औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि चेल्सी दुई-दुईको अवस्थामा पुग्यो । एन्जो फर्नान्डेजले ७३औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

८४औँ मिनेटमा पाल्मरले पोनाल्टीमार्फत् दोस्रो गोल गरे । सन ह्युङ-मिनले इन्जुरी समयको छैटौँ मिनेटमा टोटनहमका लागि तेस्रो गोल गरे पनि हार टार्न सकेनन् । जितसँगै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले १५ खेलमा ३१ अंक जोडेको छ ।

शीर्ष स्थानको लिभरपुलको १४ खेलमा ३५ अंक छ । पराजित टोटनहम १५ खेलमा २० अंकसहित तालिकाको ११औँ स्थानमा छ । प्रिमियर लिगकै अन्य खेलमा बर्नमथले इप्स्वीच टाउनलाई दुई-एकले हरायो । फुलहम र आर्सनलले एक-एक तथा लेस्टर सिटी र ब्राइटनले दुई-दुई गोलको बराबरी खेले ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖