• Tuesday 6th of October 2026

चितवनको पार्टी प्यालेसमा भब्य इंंगेजमेन्ट, सेरिन बुटिक होटलमा रिसेप्सन पार्टी


  • धनकुटा खबर
  • .

झापाको विर्तामोड स्थित बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंलाई घिसार्ने चेतावनीसहित तथानाम गाली गरेपछि लगातार चर्चामा रहेको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश विवाह गरेका छन्।

कपिलवस्तुको शिवगढीमा रहेको पार्टी मुख्यालयमा प्रकाशले बुधवार ‘जनवादी’ शैलीमा विवाह गरेका हुन। कार्यक्रममा दुलाहालाई प्रकाश ‘सी’ र दुलहीलाई मान्यता ‘सी’ भनेर सम्बोधन गरिएको थियो ।

प्रकाश र मान्यताले आफुहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेको भन्दै जनवादी विवाहका लागि पार्टीमा निवेदन दिएका थिए । उनीहरूको निवेदन स्वीकृत भएपछि विवाहको कार्यक्रम तय भएको हो ।

बिवाहका क्रममा प्रकाशले आफूहरूले २५ हजारको ‘प्रेम कोष’ स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा विप्लवले छोरा र बुहारीलाई विवाहको प्रमाणपत्र दिए । उनले आफना छोरा वुहारीको विवाहलाई ‘सी विवाह’ भन्दै लामो भाषण गरे।

विवाह समारोह क्रान्तिकारी पारामा सम्पन्न गरेका उनीहरुले यसअघि चितवनको पार्टी प्यालेसमा भब्य इंंगेजमेन्ट गरेका थिए। जसमा हल्दी समारोह पनि गरिएको स्रोतको दावी छ। यो प्रकरण भने उनीहरुले लुकाउन खोजेको देखिएको छ।

विवाहपछि भरतपुर बसपार्कमा रहेको सेरिन बुटिक होटलमा विहिवार रिसेप्सन पार्टी समेत राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖