• Tuesday 6th of October 2026

वैदेशिक रोजगारलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ: श्रम मन्त्री भण्डारी


  • धनकुटा खबर
  • .

महोत्तरी। श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन्।

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् ।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।

ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।

`कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´ मन्त्री भण्डारीले भने, `अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖