काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाए । सो क्रममा उनले ३५ बलमा ५ चौका प्रहार गरे ।
लोकेश बामले २६, निकोलस कितर्नले १९ र बसिर अहमदले अविजित २१ रन बनाए ।
पोखराका लागि सागर ढकालले र रेमन रेफर २–२ तथा कुशल भूर्तेलर दिनेश खरेलले १–१ विकेट लिए ।
