• Tuesday 6th of October 2026

एक खेल अगावै प्लेअफमा पुग्ने जनकपुरलाई मौका, काठमाडौंलाई हराउन १०२ रन जोड्नुपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितनारायण राजवंशीले चार ओभरमा २ मेडनसहित ८ रन दिएर ३ विकेट चट्काएपछि नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर सुरुआतमा ब्याटिङ गरेको काठमाडौं १९।२ ओभरमा १०१ रनमा अलआउट भयो । काठमाडौंका लागि जेरार्ड एरास्मसले सर्वाधिक २० रन जोडे । स्टेफेन इस्किनाजी १७ रनमा आउट हुँदा कप्तान करण केसी १६ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३ तथा मोहमद मोहसिन, अरनिको यादव र किशोर महतोले समान १ विकेट लिए ।

यसअघि ४ खेल खेलिसकेको काठमाडौं पाँचौँ खेलका लागि मैदानमा उत्रँदा तेस्रो जितको खोजीमा हुनेछ । उता यसअघि पाँच खेलमा चार जित निकालेको जनकपुर छैठौँ खेलमा पाँचौँ जितको खोजिमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖