• Tuesday 6th of October 2026

टस जितेर पहिले फिल्डिङमा उत्रँदै लुम्बिनी, कर्णालीलाई ब्याटिङको निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शुक्रबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।

यसैबीच लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय लिएका छन् । उनले सोमपाल कामी नेतृत्वको कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖