• Monday 5th of October 2026

भारतीय टिममा अक्षरको स्थानको अश्विन


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतले वान डे विश्वकप खेल्ने टिममा एक खेलाडी परिवर्तन गरेको छ ।

भारतले चोटबाट संघर्ष गरिरहेका अक्षर पटेललाई बाहिर राख्दै रविचन्दन अश्विनलाई समावेश गरेको छ ।अश्विनलाई अष्ट्रेलियाविरुद्धको सिरिजमा समेत मौका दिईएको छ ।

अष्ट्रेलियाविरुद्ध राम्रो प्रर्दशन गरेका अश्विनलाई भारतीय टिममा मौका मिलेको हो । अक्षर सिरिजको तेस्रो तथा अन्तिम वान डेसम्म समेत फिट हुन सकेका थिएनन् ।

भारतमा हुने वान डे विश्वकप अक्टोबर ५ बाट सुरु हुदैछ । त्यसअघि सबै सहभागी १० टिमले समान दुई दुई अभ्यास म्याच खेल्नेछन् । विश्वकपका लागि सबै देशले टिमको घोषणा गरिसकेका छन् ।

टिममा नाम परिवर्तनका लागि बिहीबारसम्मको समय निर्धारण गरिएको थियो । जसमा भारतले एक परिवर्तन गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖