• Tuesday 6th of October 2026

एनपीएलमा सन्दीपले लिए दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले विकेट लिएका छन् ।

८.५ ओभरमा सन्दीपले सन्तोषलाई २८ रनमा आउट गरेका हुन् । एनपीएलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध एक विकेट लिएका थिए ।

यसअघि २.२ ओभरमा चितवनका हसन इसाखिल ५ रनमा आउट भए । उनलाई विराटनगरका बासिर अहमदले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले दिएको १८२ रनको लक्ष्यमा चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖