काठमाडौं । चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका ओपनर तथा कप्तान अनिलकुमार साह ८ रनमा आउट भएका हुन् । उनलाई चितवनका रिजन ढकालले आउट गरे । चितवनले दिएको १८१ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।