• Tuesday 6th of October 2026

बाउन्ड्री बचाउन खोज्दा घाइते भए सुदूरपश्चिम रोयल्सका नरेन साउद


  • धनकुटा खबर
  • .

काठमाडौं । सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका छन् । उनी बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् ।

घाइते साउदको अहिले उपचार भइरहेको छ । उनी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट बलिङतिर्फ उत्कृष्र्ट प्रदर्शन गर्दै आएका छन् । पाँच खेल खेलेका नरेनले सुदूरपश्चिमका लागि ६ विकेट लिएका छन् ।

कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्स टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कर्णालीले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर ४३ जोडेको छ ।

आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖