• Tuesday 6th of October 2026

प्रधानमन्त्री दाहाल छन्दुमा


  • धनकुटा खबर
  • .

काठमाडाैं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीनको छन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट छन्दु पुगेका हुन्।

छेन्दुमा सिचुवान प्रान्तका भ्वाइस गभर्नर याङ चिनपिङलगायत प्रान्तीय सरकारका अधिकारीहरुले विमानस्थलमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेका छन्। छन्दुमा रहँदा प्रधानमन्त्री दाहालले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने र द्विपक्षीय छलफलमा सहभागी हुने कार्यक्रम छ।

उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएकाक थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖