• Tuesday 6th of October 2026

यू-१९ एसिया कप : नेपालले श्रीलङ्कासँग अङ्क बाँड्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । महिला यू-१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

दुबै टिमले अङ्क बाँडेका छन् ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।

नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएकी थिइन् । पहिलो ओभरमा उनले १ रन मात्रै खर्चेकी थिइन् ।

तर, वर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको छ ।

नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖