काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गत नेपाल र बङ्गलादेश बीचको खेल वर्षाको कारण प्रभावित भएको छ ।
वर्षाले टससमेत हुन नसकेको एसीसीले जनाएको छ ।
यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एकरएक अङ्क बाँडेका थिए ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक/एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
