• Tuesday 6th of October 2026

एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिमका दीपेन्द्रले पाए कार


  • धनकुटा खबर
  • .

काठमाण्डौ – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् ।

एनपीएलमा उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पु¥याएका दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको कार जितेका छन् ।

दीपेन्द्रले आफ्नो व्यक्तिगतसँगै टिमको प्रदर्शनलाई पनि सुखद् कायम राखे । उनले नौ खेलमा १२ छक्का र १५ चौकासहित दुई सय २७ रन बनाएका छन् । दीपेन्द्रले नौ खेलमा नौ विकेट पनि लिएका छन् ।

उनले एक सय ६० कोे स्ट्राइक रेटसहित औसत ३७ रनमा ब्याटिङ गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖