• Tuesday 6th of October 2026

जनकपुरले एनपीएल जितेको खुसीमा भोलि बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार बिदा दिने निर्णय गरेको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेको भन्दै गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

शनिबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।

आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक बिदा हुने गाउँपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖