काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।
शनिबार इटहरीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रनरअप भएको सुदूरपश्चिम रोयल्सलाई अर्को वर्ष हुने खेलका लागि जितको शुभकामना दिएका हुन् ।
उनले भने,‘विजयी जनकपुर टिमलाई धेरै–धेरै बधाई, जो रनरअप भयो, उसलाई पनि शुभकामना छ, वेट फर नेक्स्ट म्याच।’
प्रधानमन्त्री ओली एनपीएलको फाइनलमा सहभागिता जनाउन त्रिवि मैदान कीर्तिपुर भने पुगेका थिएनन् ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो ।
