• Saturday 17th of October 2026

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम


  • धनकुटा खबर
  • .

शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम आइतबार केही बढेको छ।

बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन भएको थियो।

मौसमविद् शान्ति कँडेलले न्यूनतम तापक्रम केही घटबढ भइरहने बताइन्।
‘बादलको अवस्था र सूर्यबाट आएका किरणहरू कममात्रामा जमिनबाट बाहिर फिर्ता भयो भने न्यूनतम तापक्रम केही बढ्छ। बादल लाग्यो भने न्यूनतम तापक्रम अझै बढ्छ,’ उनले भनिन्।

अधिकतम तापक्रम आज पनि १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार दिउँसो चाहीँ कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना भोलि राति वर्षाको सम्भावना रहेकाले पश्चिम नेपालको अधिकतम तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद कँडेलले जानकारी दिइन्।

यसले ती क्षेत्रहरूमा अझै चिसो महशुस हुने उनको भनाइ छ।
‘अधिकतम तापक्रम घट्दा घाम पनि ताप्न पाइँदैन। तापक्रम नै कम हुने भएकाले चिसो बढी महशुस हुन्छ। न्यूनतम तापक्रम पनि एक दुई डिग्री सेल्सियस बढ्ने हो। एकदमै कठ्यांग्रिने चिसो चाहीँ हुँदैन तर चिसो चाँही बढी नै हुन्छ,’ उनले भनिनन्।

पश्चिमी न्यूनाचापीय प्रणालीको असर काठमाडौंसम्म नपर्ने हुँदा काठमाडौंको हकमा भने केही दिन अधिकतम तापक्रम घट्ने सम्भावना नरहेको उनले बताइन्। एक सातादेखि काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖