• Saturday 17th of October 2026

काठमाडौंको बालाजुमा युवक मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौंको बालाजुस्थित बाइपासमा एक जना पुरूष मृत फेला परेका छन्।

शनिबार काठमाडौं महानगरपालिका-१६ बाइपास अष्टनारायण हल नजिकै डेरामा एक पुरूष मृत फेला परेका हुन्।

मृतक रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक छन्।

उनी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖