• Saturday 17th of October 2026

खोटाङको दिक्तेल घर भएका बाबुछोराको भक्तपुरमा हत्या, अर्का छोरा बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ।

खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्। बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो।

मृतक दुवैको शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए।

उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖