• Saturday 17th of October 2026

समर्थकहरूमाथि एनपिएलको फाइनल खेलमा दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा समर्थकहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार त्रिवि क्रिकेट ग्राउण्डमा भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेलमा दुर्व्यवहार तथा कुटपिट समेत गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा डोटी आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिका-१ घर भई भाजंगल बस्ने १९ वर्षीय गणेश साउद छन्।

उनीहरूले केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोप छ।

उनीहरूमाथि प्रहरीले कीर्तिपुर प्रहरी वृत्तबाट अनुसन्धान भइरहेको छ। अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖