काठमाडौं । ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना हराएका छन् ।
सोमबार बेलुकी करिव ५ बजे उपत्यका प्रहरीको कन्ट्रोल रुममा यस्तो सूचना आएको बताइएको छ ।
सूचना आउनासाथ प्रहरीको खोजी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक व्यक्तिले फोन गरेका थिए ।
फुलचोकी डाँडामा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गर्दछन् ।
