काठमाडौ । शनिबार सम्पन्न भएको पहिलो सँस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा केहि नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गर्दा केहीका लागि भने प्रतियोगिता त्यति सम्झनलायक रहेन ।
बिर्सनलायक प्रतियोगिता खेलेका खेलाडिमा पुर्ब कप्तान सन्दिप लामिछाने देखि कुशल भुर्तेल र गुल्सन झा समेत रहेका छन् ।
सन्दिपले प्रतियोगिता भर ७ खेलमा ६ विकेट लिए , कुशलले ७ खेलमा ५४ रन मात्र बनाए , गुल्सनले १३२ रन बनाए भने अर्का बलर अबिनास बोहोराले ९ खेलमा ८ विकेट लिएका छन् ।
यी बाहेक नेपाली राष्ट्रिय टिमबाट पछिल्लो समय टी २०आई खेलेका सन्दीप जोरा र विवेक यादवका लागि पनि प्रतियोगिता फलदायी हुन सकेन ।
