काठमाडौं । नेकपा (एमाले) वाग्मतीको नयाँ नेतृत्वका लागि जारी मतदानमा ७०८ मत खसेको छ ।
आज दिउँसो साढे १ बजेबाट मतदान भएको बेलुका ६ बजेसम्म ७०८ मत खसेको हो ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।
अध्यक्षका लागि कैलाश ढुंगेल र देवेन्द्र दाहाल छन् ।
