• Monday 5th of October 2026

एसियाली खेलकुद : १०५ स्वर्णसहित २ सय पदक जित्दै चीनकाे अग्रता कायमै


  • धनकुटा खबर
  • .

काठमाण्डाै – चीनमा हान्झाउमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेकाे छ ।

चीनले अहिलेसम्म १०५ स्वर्ण, ६३ रजत र ३२ कास्यसहित २ सय वटा पदक जितेको छ । जापान २७ स्वर्ण, ३५ रजत र ३७ कास्यसहित ९९ पदक जितेर दाेस्राे स्थानमा छ । दक्षिण काेरिया २६ स्वर्ण, २८ रजत र ४८ कास्यसहित १०२ पदक जितेर तेस्राे स्थानमा छ ।

भारत पदक तालिकाकाे चाैथाे स्थानमा छ । भारतले ८ स्वर्ण, १२ रजत र १३ कास्कसहित ३३ पदक जितेकाे छ । थाइल्यान्ड ८ स्वर्ण, ३ रजत र ९ कास्यसहित २० पदकका साथ पाँचाैँ स्थानमा छ । यसैगरी उज्बेकिस्तान तालिकाकाे छैटाैँ स्थानमा छ ।

उज्बेकिस्तानले ७ स्वर्ण, १० रजत र १५ कास्यसहित ३२ पदक जितेकाे छ ।

हङकङ तालिकाकाे साताैँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १३ रजत र १८ कास्यसहित ३६ पदक जितेकाे छ । चाइनिज ताइपेई ५ स्वर्ण, ६ रजत र ९ कास्यसहित २० पदक जितेर तालिकाकाे आठाैँ स्थानमा छ ।

पदक तालिकाकाे नवाैँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, १० रजत र १० कास्यसहित २३ पदक जितेकाे छ । उत्तर काेरिया ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर दशाैँ स्थानमा छ । नेपालले भने अहिलेसम्म कुनै पनि पदक जितेको छैन ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हिजाे शनिवार देखि औपचारिक रूपमा शुरु भएकाे प्रतियाेगिता अक्टोबर ८ सम्म चल्नेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖