• Tuesday 6th of October 2026

एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ ।

सचिवमा नवराज सिलवाल एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो।
यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी हुनुभएको छ ।

नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖