• Tuesday 6th of October 2026

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर अहिले विहान १० बजे स्वदेश फर्किदैछन्। आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्कन लागेका हुन् ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चिन पुगेका थिए । चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन्। सो क्रममा उनले चीनमा भएको दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमासमेत सहभागिता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले चीनमा रहदा त्यहाँका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए। सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। उनी चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि शुक्रबार विहान छेन्दु पुगेका थिए । छेन्दुबाट अहिले विहान १० नेपाल आइपुग्न लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖